पेस्तोल र गोली सहित तीन पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले एक थान पेस्तोल र चार राउण्ड गोलीसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु ठेगाना भएका ३५ वर्षीय देवेन्द्र भण्डारी, सोही ठाउँ ठेगाना भएका ४७ वर्षीय मनोज कुमार बस्नेत र कीर्तिपुर नगरपालिका–६ चोभार ठेगाना भएका ५० वर्षीय सुमन खड्का पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरुले गैरकानूनी रुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुले हतियारको ओसारपसार गर्ने गरेको खुल्न आएको थियो ।

त्यसपश्चात उनीहरुको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौं बल्खुबाट बा १७ च ८३६४ नम्बरको गाडी सहित पक्राउ गरी घर समेत तलासी लिदा सुमन खड्काको घरमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा उक्त गोली समेत बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।