सजिलै रोजगारी पाउने भएपछि केरुङ प्रवेश पासका लागी बसाइसराई


सरस्वति न्यौपाने,रसुवा ।
सजिलै रोजगारी पाउने भएपछि केरुङ प्रवेश पासका लागी बाहिरी जिल्लाबाट बसाइसराइ गरेर आउनेहरु बढन थालेका छन् ।

अध्यागमन कार्यालय रसुवागढिका अनुसार २०७२ को भुकम्प पछि व्यापारिक कारोबार सुरु भएपछि केरुङ प्रवेशका लागी रसुवालीबाट बसाइसराइ गरेर आउनेको संख्या बढेको हो ।कार्यालयको तथ्याङकमा हालसम्म १० हजार नौ सय ४९ वटा पास जारी भइसकेका छन् । विना लगानी बसाईसराई गरेर पुग्ने भएकाले पनि बाहिरी जिल्लाका मानिस अधिकांश केरुङमा कार्यरत छन् ।

केरुङमा हाल करिब एक हजार नेपाली कार्यरत छन् ।त्यहाँका नेपाली मध्ये अधिकांश होटल, डान्सर, ट्रान्सपोर्ट र व्लक निर्माण लगाएत का क्षेत्रमा कार्यरत छन् । भने पाँच सय होटल तथा डान्स बारमा कार्यरत छन् ।

जसमा तीन सय को हाराहारीमा रसुवाकै रहेका छन् ।कम लगानी मा आम्दानी धेरै आवतजावत मा सहज राहदानी बनाउन झन्झट नहुने भएपछि केरुङ जाने को संख्या बढेको हो । २०७२ असोज २८ देखी अध्यागमन कार्यालय बाट पास जारी हुन थालेका हो ।