रसुवाको विकट ठाउँमा सडक निर्माणकाे कार्य तिव्र 


सरस्वति न्यौपाने, रसुवा ।
ग्रामिण भेगका बासिन्दालाई यातायातको पहुँच पुर्याउन रसुवाको विकट स्थानमा सडक निर्माणको कार्य क्रमिक रुपमा अगाडि बढेको छ ।

हालसम्म सडकको पहुँच नपुगेको हाकु क्षेत्रमा सडक निर्माण भएको हो । आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार स्थानीय तहको निर्वाचन पश्चात आफ्नो गाउँपालिकाको वडा नं. १ र २ वडामा करिब १७.५ किलोमिटर गाउँले सडक निर्माण भएको र परम्परा देखी बसोबास रहेको स्थानहरुमा क्रमस सडक सञ्चालन जोडने काम अगाडी बढिरहेको छ ।

यसरी निर्माण गरिएको सडकहरुमा हाकुबेशी देखी पाङलिङ हुदैं ठुलो हाकु, नेसिङ तीन स्थान रहेका छन् । नयाँ खोलिएका सडक अन्तरगत हाकुबेशीको त्रिशुली नदिमा पक्की पुल र हाचुङ खोलाका कल्भट निर्माण भए पछि रसुवाकै इतिहासमा ठुलो हाकुमा मोटर पु्ग्ने छ । प्रत्येक वस्तिमा सडक सञ्चालन जोडने नीति अनुरुप नम्बर ५ को चिलिमे देखी गोङगाङसम्म सडक निर्माण गर्ने प्रकृया समेत अगाडि बढिरहेको र आगामी दिनमा सबै बस्तीमा मोटर पुर्याउने लक्ष्य रहेको गाउँपालिका ले जनाएको छ ।

आमाछोदिङमो गाउँपालिका अन्तरगत ठुलो हाकु, सानो हाकु, हाकुबेसी ,नेसिङ, ग्रे, स्यो, गोल्जुङ, च्यान्दोल गत्लाङ, चिलिमे, पाजुङ,केराबारी, तातोपानी, ब्रेम्दाङ, सिम्बु, टेचाङदेसमेतका १६ भन्दा बढी गाउँबस्ती रहेका छ । पालिका भित्र स्वास्थ्य, शिक्षा, कृषि पशुपालन जस्ता क्षेत्रमा सुधार भैरहेको पनि स्थानीयको भनाइ रहेको छ ।

गाउँमा विरामी परे स्वास्थ्य चौकी जाने बालबालिकालाई विद्यालय पठाउने गाउँको सामाजिक कार्य गर्नुपर्दा अल्को स्थानबाट कटुवाललाई कराउन लगाइ सहभागी जुटाउने कृषि कार्यमा एक आपसि मेलमिलापबाट खेति किसान गर्ने परिपाटीले गाउँको एकतासमेत बढ्दै गएको छ ।