दुर्गन्धित अवस्थाका सडक युवकको उद्वार


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर क्याम्पस गेटको पेटीबाट दुर्गन्धित अवस्थाका सडक युवकको उद्वार गरिएको छ ।

सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण अभियानअन्तर्गत् सामाजिक विकास मन्त्रालय प्रदेश–३ र मानवसेवा आश्रम, हेटौंडा उपमहानगरपालिका वडा–२ का अध्यक्ष हरि राउत, मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलगायतको सहकार्यमा उक्त युवकको उद्धार गरिएको हो ।

हेटौंडा–२, मकवानपुर क्याम्पस गेटको पेटीमा केही दिनदेखि बेसहारा र कपडामा नै दिशापिसाब गरेर दुर्गन्धित अबस्थामा अत्यन्त दयनीय र अलपत्र अबस्थामा जीवन व्यतित गरिरहेका उनको उद्धार गरिएको हो ।

मानसिक सन्तुलन ठीक नभएका झट्ट हेर्दा भारतीयमूलका जस्ता देखिने करिब २५ वर्षका आफ्नो नाम सञ्जितकुमार बताउने सडक युवाको उद्धार गरी मानवसेवा आश्रमको गाडीमा राखेर मानवसेवा आश्रम हेटौंडा लगिएको हो ।