नारायणी नदीमा हामफालेर एक पुरुषकाे मृत्यु   

0
Shares

न्युज अफ नेपाल, चितवन ।
नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका उनकाे तत्काल उद्धार गरिएको र उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हाे । मृतकको सनाखत हुन सकेको छैन। यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।

त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।