भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा नेविसंघले गर्यो राजधानीमा बिरोध प्रदर्शन


न्युज अफ नेपाल, काठमाडौँ ।

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा नेपाल विद्यार्थी संघले राजधानीमा बिरोध प्रदर्शन गरेको छ।

नेपाल बिद्यार्थी संघले काठमाडौँको प्रदर्सनी मार्गमा प्ले कार्ड सहित निस्केको जुलुसले सरकार र भारतका बिरुद्ध नारा लगाउँदै पदमोदय मोड देखि भृकुटी मन्डप पुगेर कोणसभा गरेको थियो।

सभामा नेबिसंघले सरकार र भारतको चर्को आलोचना गरेको थियो। नेबिसंघका निबर्तमान केन्द्रिय उपाध्यक्ष सागर परियारले भने– ‘सरकार तिमी अस्पतालको शैय्यामा ढलिराखेको छौ, तिम्रो खोक्रो राष्ट्रवाद नेपाली जनताले देखि सके”।

‘सभालाई समापन गर्दै आन्दोलनका संयोजक आर आर क्याम्पसका अध्यक्ष सजिंब ढकालले दलाल सरकारले बेच्न लागेको भुमी नेपाली भुमि जोगाउन नेबिसंघ रगत र प्राण जोगाएर भएपनी बचाई छाड्ने उल्लेख गरे।

यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन ? भनी प्रश्न गरेको छ । अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गरेका छन् । ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल सुरु गरोस्‘, विज्ञप्तिमा उल्लेख छ ।

कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा केहि दिनअघि नक्सा सार्वजनिक गरेको थियाे ।

 

भिडियाे पनि हेर्नुहाेस्ः