भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै अनेरास्ववियूले गर्याे बुटवलमा प्रदर्शन


न्युज अफ नेपाल, बुटवल ।

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध प्रदर्शन गरेको हो ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको अखिलका बुटवल बहुमुखी क्याम्पसका संयोजक भरत अर्यालले बताए।

विरोध प्रदर्शन सभामा बुटवलका विभिन्न क्याम्पसका अनेरास्ववियूका संयोजकहरुले बोल्दै राष्ट्रिय स्वाधिनता अखण्डता र रास्टृयताको पक्षमा र वाह्य हस्तक्षेपको बिरुद्दको आन्दोलनको सुरुवात हिजो पनि अनेरास्ववियुले गरेको थियो र आज पनि अनेरास्ववियूले गर्दै आएको छ र यो आन्दोलन अनेरास्ववियूको मात्र होइन तीन करोड नेपाली जनताको भएकाले रास्ट्रहित बिपरित कार्य कसैबाट हुन्छ भने त्यसको लागि जुन कुनै मूल्य चुकाउन पनि तत्पर रहेको जस्ता अभिव्यक्ति दिएका थिए ।

विरोध प्रदर्शन सभामा बुटवलका विभिन्न क्याम्पसका अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।