पाँच नम्वर प्रदेश प्रमुखद्धारा पदबहाली

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

प्रदेश नं. ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार पदबहाली गरेका छन् । बुधबार बेलुका एक समारोहबीच प्रदेश प्रमुख यादवलाई कार्यालय परिसरबाट स्वागत गर्दै कार्यकक्षमा पुर्‍याइएको थियो।

प्रदेश प्रमुख यादवलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो। प्रदेश प्रमुख यादवलाई प्रदेश सरकारका मन्त्रीहरु आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केशी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्यहरु लगायत प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी लगायतले स्वागत गरेका थिए।

यसअघि निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाको बुधवार विदाई गरिएको थियो ।