नेताहरुलाई बोकाइयो पानीका गाग्रीसहितको डोको


न्युज अफ नेपाल, हेटौंडा ।

गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले ।
उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलआवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुप¥यो, त्यो पनि ठाडो उकालोमा ।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षांैदेखि आक्रान्त छ ।

विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।
स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोक्नुभएको थियो ।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पु¥याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखियो ।
‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यबस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतागणलाई भन्नुभयो–यस्तो

समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला ।
गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भन्नुभयो–तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता माग गर्नुभएको छ । चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भयो ।