देशैभरका विभिन्न ठाउँमा वर्षा र हिमपात


न्युज अफ नेपाल, काठमाडौं ।

आउँदा तीन दिनमा देशैभरका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भूभागमा आज (बुधबार) नै वर्षा हुनसक्ने महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार भोली (बिहीबार) दिउँसो र राति देशका विभिन्न भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ। त्यस्तै पर्सि (शुक्रबार) दिउँसो पनि देशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आफ्नो मौसम पूर्वानुमान बुलेटिनमार्फत् दशेका केही स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।