आलमको आज दोस्रो दिनमा पनि बयान सकिएन, बयान पुन: भोली


संजय कार्की, रौतहट ।

१२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद मोहम्मद अफताब आलमको आज (बुधबार) दोस्रो दिनमाकर्तव्य ज्यान सम्बन्धि बयान सकियो । समय अभावका कारण बयान नसकिएकाले भोली ज्यान मार्ने उधोग र बम बिस्फोट सम्बन्धि बयान हुने बताईएको छ । आज साँझ ५ बजे सम्म बयान लिईने अदालतले जनाएको छ ।

बुधबारको बयानमा ८ सय ७८ पृष्ठ प्रहरीको अनुसन्धान र ३९ पृष्ठ जिल्ला सरकारी वकिलको कार्यालयको अभियोजन पत्र सहित दायर भएको निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमको तीन वटा मुध्दा माथिको ३४ प्रश्न सोधिएको छ ।

जिल्ला अदालत गौरका न्यायधिश दिपक ढकालले अदालतमा पेश गरिएका निलम्बित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई कर्तब्य ज्यान सम्बन्धिको ३४ वटा प्रश्न सोध्नु भएको हो । समय अभाबका कारण बुधबार बयान नसकिएपछि बिहीबार भने ज्यान मार्ने उधोग र बम बिस्फोट सम्बन्धि प्रश्न आलम लाई सोधिने जाहेरवालाका अधिबक्ता पुष्पराज पौडेलले बताउनु भयो ।

कर्तब्य ज्यान सम्बन्धि सोधिएका प्रश्नमा निलम्बित साँसद मोहम्मद अफताब आलमको ईन्कारी बयान रहेको छ । पहिलो संबिधान सभाको निर्बाचन हुने अधिल्लो दिन ०६४ चैत्र २७ गते नेपाली काग्रेसका उम्मेदबार मोहम्मद अफताब आलमको काका शेष ईद्रिसको गोठमा भण्डारण गरी राखेको बम बिस्फोट भएपछि ब्यक्ति हत्या, घाईते र बम बिस्फोट लाई आधार मानेर प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजन पत्रले निलिम्बित साँसद आलम लाई जिल्ला अदालत गौरले थुनछेकको लागि बयान लिएको हो ।

२३ दिन लगाएर प्रहरीले गरेको अनुसन्धान पछि किटानी जाहेरमा उल्लेख गरीएका पाँच जनासहित थप ६ जना लाई प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले ११ जना लाई प्रतिबादि बनाएको छ । तर घटनामा ढाकछोप गर्ने प्रहरीका तत्कालिन अधिकारीलाई भने साक्षीको रुपमा प्रस्तुत गरिएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत गौरमा अभियोग पत्र दर्ता गराए पछि उनको बयान मङ्गलबार र बुधबार दुई दिन भएको हो ।

मङ्गलबार ९ प्रश्न सोधिएपनि बुधबार ३४ प्रश्नमा दिन बितेको हो । जिल्ला अदालत गौरका न्यायधीश दीपक ढकालले निलम्बित साँसद आलमसंग बयान लिएका हुन । बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नी भट्टामा जलाएर हत्या गरेको आरोपमा उनी माथि तीन वटा अभियोगको मुध्दा लागेको हो ।

घटना लाई ढाकछोप गर्ने तत्कालिन सरकारी अधिकारीहरुलाई भने यो अनुसन्धानले साक्षी राखेर बचाउन खोजिएको छ । मुध्दा नचल्ने निर्णय गर्ने तत्कालिन जिल्ला सरकारी वकिलदेखि महान्याधिबक्ता र प्रहरी अधिकृतदेखि महानिरिक्षकसम्मलाई बयान लिएर साक्षीको रुपमा उभ्याइएको छ ।

सोमबार आलमलाई ३२ वर्ष कैद माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बिस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको थियो ।