च्याम्पियन्स लिग फुटबल बराबरी


काठमाडौं।

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा बराबरी सकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्रागसँग गोलरहीत बराबरी खेल्दै एक–एक अंक बाँडेको हो ।

बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा गोल गर्ने प्रयास गरेपनि सफल भएन। यता साल्भियाले बार्सिलोनालाई पूरै समय रोक्यो । समूह ‘एफ’को शीर्ष स्थानमा रहेको बार्सिलोनाले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो । एजेन्सी