लागुऔषधसहित एकजना पक्राउ


सुभेन्द्र दास, लाहान ।

सिरहाको बरियारपट्टीबाट लागुऔषध सहित पक्राउ परेका एक युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। सोमबार भारतबाट लागुऔषध ल्याउदै गरेका उक्त युवकलाई प्रहरीले बरियारपट्टी गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा सिरहा गोलबजार नगरपालिका–४ का १९ वर्षीय विजय कुमार यादव लागुऔषधसहित पक्राउ परेका थिए।

उनको साथबाट २ थान डाइलेक्स डिसी, ३६ पिस नाईट्रोभेट, १०० पिस नाईट्रोजन र २४ पिस स्पासो बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।