सिरहाको लहानमा बहुलाहा स्यालले टोक्दा १६ घाइते


महेश सिंह, सिरहा ।

सिरहाको लहान नगरपालीका वडा नम्बर ४ मा मंगवार बिहान बहुलाहा स्यालले गाउँका एकै दिनमा १६ जनालाई टोकेर घाइते बनाएको छ ।

गाईते हुनेमा ७० वर्षीय रामबालक पण्डित , ४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो. रेहान, ५५ वर्षीय गुलाब देबि महतो घाइते भएका छन्। संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तीहरु समान्य  रहेकाे वडाध्यक्ष रामनाथ पण्डितले बताए छन् ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेशराज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डिएसपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बहुलाहा स्यालले लहान नगरपालीका–४ कुमहालटोल का उनीहरुलाई टोके पछि गाउँ नै त्रसित भएको हो । बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बहुलाहा स्यालले टोकेको थियो ।