दुईवटा बस एकापसमा ठोक्किदा नौ घाइते


न्युज अफ नेपाल, भक्तपुर ।

साँगाबाट भक्तपुरतर्फ जादैँ गरेका दुईवटा बस एकापसमा ठोक्किदा नौ जना घाइते भएका छन् ।

काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ९२७९ नम्बरको बसलाई पछाडिबाट आउँदै गरेको बा. २ ख. ३०६५ नम्बरको बसले सूर्यविनायक–९, बाँसघारीमा सोमबार साँझ ६ बजे ठक्कर दिएको हो । दुर्घटनामा परि दुवै बसमा सवार नौ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको भक्तपुर सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुईवटै बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।