विद्यालयस्तरीय खेलकूद प्रतियोगिता शुरु 


भक्तपुर ।
आज (आइतबार) देखि नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, जिम्नास्टिकलगायत खेल सञ्चालन हुनेछन् । अध्यक्ष बिजुक्छेँले भक्तपुर खेलको राम्रो सम्भावना भएको क्षेत्र भएकाले यसको विकासमा लाग्न भक्तपुर नगरपालिकाका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकको आवश्यकता भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेलकूद गतिविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रतियोगिता कात्तिक २३ गतेसम्म चल्नेछ । रासस