नेटवर्किङ्गको नाममा ठगि गर्ने ४ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले आय आर्जन र स्वास्थ्यको नाममा नेटवर्किङ्ग गरी ठगि गर्ने गिरोहका ४ जना आरोपिलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी कारबाही शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा ओरियन्स ग्लोबल मार्केटिंग लिमिटेड नामक बहुराष्ट्रिय कम्पनीले नेटवर्किङ् व्यबसायको नाममा ठगी गरेको भन्दै ५ जना पीडितको सयुंक्त जाहेरी दरखास्त परेको थियो । उक्त जाहेरी अनुसार नेटवर्किङ ब्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कन्चनपुर, बाँके ,बर्दिया र दाङ जिल्लाका सर्बसाधारण करिब २ सय जना जतिको प्रहरीले सिमा नाकाबाट उद्दार गरीसकेको छ भने यिनै पिडीत ब्यक्तिहरुबाट आरोपितको पहिचान गरेर हाल ४ जनालाई प्रकाउ गरी ठगी शीर्षकमा मुद्दा चलाई अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया न.पा. वडा नं ४ का बिबेक थारु, वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी,बारबर्दिया न.पा.७ का २० वर्षिय दिपक चौधरी र राजापुर न.पा. वडा नं. ३ काआशा थारु रहेका छन् । अन्यको खोजी जारी रहेको छ ।
बहुराष्ट्रिय कम्पनी ओरियन्स ग्लोबल मार्केटिंग लिमिटेड सिंगापुर, फिलिपिन्स, यूएई, थाईल्याण्ड, मलेसिया, श्रीलंका, भुटान र नेपालमा क्रिष्टल केयर नामक संस्था भारतको चेन्नईमा प्रधान कार्यालय तथा दिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल भारतको सीमा नजिक लखीमपुर भन्ने स्थानमा  न्याचुरल वेल इन्टरप्राइजेज् नामक उपशाखा कार्यालय खोलि आफ्नो फुड प्रोडक्टको नेटवर्किङ व्यवसाय संचालन गरिरहेको प्रहरीले जनाएकाे छ । कैलालीकाे टिकापुर नगरपालीका वडा नं. १ का करिब २५/२६ वर्षीय साजन चौधरीलाई सम्पर्कमा ल्याएपछि निजकै माध्यमबाट सोही नगरपालिका वडा नं. ५ का करिब २६/२७ वर्षीय सन्तोष चौधरी र कैलाली ६ बैजपुरका करिब २६/२७ वर्षीय मनोज चौधरीलाई आफ्नो पार्टनर  (हाँगा) को रुपमा ल्याएपछि नेपालमा यो ब्यापारको शुरुवात भएको देखिएकाे छ ।

अनुसन्धानको क्रममा यो कम्पनिमा प्रवेश गर्नको लागी १ हजार रुपैयाको सदस्यता लिने गरेकाे पाइएकाे छ । सो पश्चात सदस्यता लिएकाहरुलाई ४ दिनको तालीम दिईन्छ र ५ औं दिनमा ग्राहकसंग बोल्न सक्ने र नसक्ने भनि सामान्य परिक्षा लिए पछी सदस्यहरुलाई अनिबार्य रुपमा २ जना सदस्य बनाउनु पर्दछ । यसरी सदस्य बनेपछि १० देखी २० प्रतिशत सम्म छुटमा औषधि पाउने, नयाँ सदस्य थपेपछि बोनस पाउने, डाईमण्ड बढ्दै गएपछि रिवार्ड च्भधबचम पाउने र पद बढ्दै गएपछि प्रोडक्टमा २४ प्रतिशत सम्म छुट पाउने सुबिधा होनर बोनस ज्यलयच द्ययलगक स्वरुप कम्पनिको २ प्रतिशत सम्म फाईदा हुने प्रलोभनमा पारी सर्वसाधारणलाई फसाउने गरेको पाईएको छ ।

बिशेष गरि बाँके बर्दिया दाङ कैलाली कञ्चनपुरका गाँउ बस्तिका सोझा गरीब जनता परिरहेका छन् । यसरी निम्न उल्लेखित पद तथा पैसाको प्रलोभनमा परी झुक्याई नेपाली नागरिकहरु ठगीने गरेका छन । आफुले जम्मा गरेको रकमको २५ प्रतिशत कम्पनि आफुले खाने र बाँकी रकमको बोनस दिने गर्दछ । यसरी नै उक्त कम्पनिले नेपाली जनतालाई ठगी गरीरहेको प्रहरीले जनाएकाे छ ।

आफुले फुड प्रोडक्ट किन्न जम्मा गरेको रकमबाट आफैंलाई १० देखी २० प्रतिशत बोनस रकम पाँउदा ग्राहक सजिलै आकर्षित हुने गरेका छन । यसको नेटवर्किङ ब्यापारमा एउटा ग्रुप हुन ३ जनाको आबश्यकता पर्दछ । आफु बनिसकेपछि आफ्नो तल २ जना अनिबार्य रुपमा बनाउनु पर्दछ नबनाएको खण्डमा निज सदस्य नबनाउने ब्याक्तिले कमिसन रकम नपाउने र कम्पनिले पैसा कमाउने तरीकालाई ७ तरीकाको माध्यममा बिभाजन गरेको समेत सम्मेलनमा जानकारी गराईएको थियो ।

ठगिबाट पीडितहरुले जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा सम्पर्क गरी आँफु ठगिएको बारेमा प्रहरीलाई जानकारी गराई कति रकम ठगी भएको छ क्षेतिपुर्तिको मागदाबी लिईने हुँदा ठगि भएको बिल सहित यस कार्यालयमा सम्पर्क गर्नहुन हार्दिक अनुरोध गरेकाे छ । ओरियन्स ग्लोबल मार्केटिंग लिमिटेड नामक भारतिय कम्पनीले नेटवर्किङ् व्यापारको नाममा ठगि गर्ने मुख्य आरोपितहरु मध्ये ४ जनालाई पक्राउ गर्न सफल अपराध अनुसन्धान शाखामा कार्यारत प्रहरी सहायक निरीक्षक टंक ठकुल्लालाई असोज महिनाको ‘पुलिस अफ दि मन्थ्’ घोषणा गरिएको छ।