प्रलोभनमा पारी २४ लाख ठगी गरेको आरोपमा एक दम्पति पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

लाओसु पठाउछु भन्दै ठगी गरेको आरोपमा एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। विजय थिङ लामा र उनकी श्रीमती सजना थिङ लामालाई पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टिचोक बस्ने लामा दम्पतिले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिसामा लाओस पठाइदिन्छु र आकर्षक तलव हुन्छ भनी विभिन्न प्रलोभनमा पारी २४ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएको छ।