घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु


न्युज अफ नेपाल, बझाङ ।

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर आइतबार एक महिलाको घटना स्थलमै ज्यान गएको छ। भिरबाट लडेर मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ८ सेलाखेत गाउँकी ३६ वर्षीया ज्ञानदेवी कोइराला रहेको प्रहरीले जनाएको छ।

जयपृथ्वी नगरपालिका ८ स्थित पडाखानी भन्ने भिरमा घाँस काटदै गर्दा भिरबाट लडेर करिव दुई सय मिटर तल खसेकी कोइरालाको टाउँकोमा गम्भीर चोट लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्तक कोइराला अवेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा उनको मृत्त अवस्थामा शव फेला परेको हो। कोइरालाका दुई छोरा र एक छोरी छन्।