नेकपा र कांग्रेसले छाने सर्बसम्मत उम्मेदवार


दयाराम पण्डित, बाजुरा ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजराले त्रिबेणी नगरपालिका–१ को वडा अध्यक्ष पदका लागि खगेन्द्र चदारालाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । आईतवार दिउसो कांग्रेस केन्द्रीय कार्यलयमा चदाराको नाम सर्बसम्मत सिफरिस गरि पठाएको पार्टी सभापति कबिराज पण्डितले जानकारी दिनुभएको छ ।

आगामी मंशिर १४ गते हुन गैरहेको उप–निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट नगरकार्य समितिले सर्वसम्मत प्रदेश “ख”लाई सिफारिस गरेपछि जिल्ला कार्य समितीबाट पनि अनुमोदन गरी केन्द्रीय कार्यालयमा पठाएको पार्टी सभापति पण्डितले बताउनुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट मन्राज बुढालाई गत विहिवार सिफारिस गरी प्रदेश कमिटीमा पठाएको नेकपा जिल्ला कमिटी सचिव भरत बुढाले जानकारी दिनुभयो । २०७४को स्थानीय तहको निवार्चनमा अवडा अध्यक्षका प्रत्यासी बुढाले ३५ मतले पराजय भएको र यपालि पनि मन्राजलाई नै प्रतिस्पर्धामा उतार्ने निर्णय गरियो नेकपा जिल्ला कमिटी सचिव बुढाले बताउनु भयो ।

उक्त वडामा हाल १०३९ मतदाता संख्या रहेको कायृवाहक वडा अध्यक्ष भुवने चदाराले जानकारी दिनुुभएको छ। तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्युभएको थियो ।

२०७४को स्थानीय तहको निर्वाचनमा ३६५ मत प्राप्त गरी विजयी भएका थिए त्यतिवेला जम्मा सात सय मत खसेको कार्यबाहक अध्यक्ष चदाराले बताउनुभयो । आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय राजनीतिक कार्यकर्ताले बताए ।