साईकल दुर्घाटनामा बालकको ज्यान गयो


दयाराम पण्डित, बाजुरा ।

बुढीगंगा नगरपालिका–६ का एक बालकको साईकल चलाउँदा भिरवाट खसेर आज (आईतबार) दिउसो ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही नगरपालिका–६ निवासी पूर्ण सुनारका १४ वर्षे छोरा शुुनिल सुनार रहेका छन् ।

सांफे–मार्तडी सडक खण्डको बाम्का बजार सडकमा सार्ईकल चलाईरहेको वेला नजिकैको भीरबाट १०० मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेको बतायएको छ। । घाईतेलाई उपचारका लागि छिमेकी जिल्लाको बयालपाटा अस्पताल लिने क्रमम आज दिउसो बाटो मै मृत्युभएको बताइएको हो ।

बाम्कको सडक ओरोलो मन्दीरको ओरालो बाटो भएर लिन खोज्दा दुर्घटना भएको स्थानीय चन्द्रराज उपाध्याले जानकारी दिनुभएको छ।

पहाडको भिरालो भाग त्यसैमा साईकलको ब्रेक नलागेपछि सिधै बुढीगंगा नदीको किनारमा खसेको स्थानीयले बताए । मृतक सुनार तिहारको अबसरमा आफ्ना अंकल आन्टीलाई भेट्न केहीदिन अघि धनगढीबाट बाजुरा आएका थिए । बालबालिकाहरु सडक किनारमा खेलिरहदा बढि दुर्घटना हुनसक्ने भएकोले अभिावकले आफ्ना बालवालिकालाई सचेत गराउनुपर्ने सरोकारवालको जोड छ ।