आजकल केमा व्यस्त हुनुहुन्छ ?
राजनीतिक प्राणी हुँ। बाहिरी वृत्तमा उभिएर मानिसहरूको दौडधुप हेरिरहेको छु।
उही चक्रपथको गाडीले फन्को लगाइरहेको जस्तो। न बाटो नयाँ छ, न गन्तव्य नयाँ। तैपनि सास नरोकिकन दौडिने क्रम जारी छ।
नेपालमा राजनैतिक क्रान्ति सोचेभन्दा बढी स्पिडमा भयो। यो स्वागतयोग्य कुरा हो। यो परिवर्तनले आर्थिक, सामाजिक क्रान्तितर्फ कनिकुथी सबैलाई धकेल्दै लगेको छ।
तर, यो तीनवटै क्रान्तिको सफलताका लागि चाहिने मुख्य साधन भनेको सांस्कृतिक क्रान्ति हो। यता ध्यान कम गएको छ। मैले यसतर्फ घचघच्याउने कोशिस गरेको मात्र हुँ।
आचरण, संस्कार, नैतिकता, इमानदारिता, आदर, परोपकार, त्याग, निष्ठा, प्रतिबद्धता यी सबै सांस्कृतिक गहना हुन्। तपार्इंले तपार्इंको मुखबाट निस्केको वाणीलाई तपाईंंले नै इज्जत गर्नुभएन भने अरू कसले गर्छ ?
तपाईंं अरूबाट जुन मान–मर्यादा खोज्नुहुन्छ त्यसको उदाहरण पहिला तपाईंं नै बन्नुपर्छ कि पर्दैन ? नेता पवित्र नभएसम्म राजनैतिक, आर्थिक, सामाजिक क्रान्ति सफल हुँदैन। उज्यालो परिणाम आउँदैन। क्रान्तिमध्ये पनि क्रान्ति नेताचाहि सांस्कृतिक क्रान्ति हो।
वर्तमान सरकार मात्र होइन, अरू पनि। राजनीतिक दल वा नेतामा खोई आध्यात्मिक प्रेरणाले काम गरेको ? के भ्रष्टाचार, बलात्कार, व्यक्ति हत्याविरुद्ध साझा प्रतिबद्धता देखिनुपर्ने होइन र ?
निर्वाचनमा मतदाताको महत्व घटेको छ।पैसा र पाखुरा निर्णायक बनेको छ। हाम्रो मौलिक सांस्कृतिले उल्लेख गरेको जनता जनार्दनलाई फेरि केन्द्रबिन्दुमा ल्याउन निर्वाचन प्रणालीमै सुधार गर्न सबै पार्टी लाग्नुपर्ने होइन र खोई यसमा कसैको ध्यान गएको ?
दुई तिहाइ स्थानीय सरकार, संघीय संसद् र शतप्रतिशत प्रदेश सरकारको समर्थन छ।खराब नियत नराखी काम गर्छु भन्ने हो भने सहयोगी दाता, सक्षम र उत्साही प्राइभेट सेक्टर, गैरसरकारी, सामाजिक संघ–संस्थाहरू छन्।
यी सबै अवस्था उतिसारो नरहँदा पनि बीपीले उतिखेर सपना पनि देखे र त्यो सपनालाई कार्यान्वयन पनि गरेर देखाउने प्रयास गर्नुभएको थियो।
कांग्रेस भनेको जे भए पनि लोकतान्त्रिक पहिचानमाथि हिलो लाग्ला कि भनेर डराउने पार्टी हो। कांग्रेसले मर्यादा नाघेर केही गर्दैन र गर्नु पनि हुँदैन।
ठीक शब्द ल्याउनुभयो तपाईंले। हामी परिपूरक नै हौं। नेकपा वास्तवमा कम्युनिस्ट पार्टी होइन। हामी पनि पुँजीवादी पार्टी होइनौं। नेकपाले आफूलाई लोकतन्त्रवादी भन्छ। हामी पनि आफूलाई वामपन्थी भन्छौं। म थोरै प्रस्ट पारिहालुँ, कम्युनिस्ट भन्नु र वामपन्थी भन्नु एउटै होइन।
धेरै अन्तर छ।वामपन्थी हुनुभनेको यथास्थितिवादविरुद्ध विद्रोह गर्नु हो। नेपालमा राणा, पञ्चायत, राजा सबैका विरुद्ध विद्रोह गर्ने नाइके कांग्रेस नै थियो।
अर्को कुरा, केही समस्या नेकपाभित्र पनि छ र हामीभित्र पनि छ। उसले कम्युनिस्ट शब्द च्यापेर दुनियाँलाई बेबकुफ बनाइरहेको छ भने हामीले वामपन्थी भन्न हिचकिचाएर ठूलो जनमत गुमाइरहेका छौं।
त्यसो होइन। नेपाली कांग्रेस र नेकपाको उद्भवकालदेखिकै राजनीतिक घटनाक्रम हेर्नुहोस्। व्यावहारिक तहमै यिनीहरू परिपूरक छन्। २००७ साल आसपासका नेकपाका लगभग सबै नेता कुनै न कुनैरूपमा कांग्रेसमा काम गरेका कार्यकर्ता थिए।
२०१७ सालको घटनापछि केही समय नेकपा पार्टी कन्फ्युजनमा रहे पनि पछि नेपाली कांग्रेसको पदचापमा साथ दिँदै आएको हो।जनमत संग्रहमा गल्ती गरेर झण्डै जनस्तरमा विश्वास गुमाएका केही घटकलाई २०४६ सालमा वाममोर्चा गठनमा कांग्रेसले सघाउ पुर्याएर साख जोगाइदिएको हो।
२०४६ सालको जनआन्दोलन र २०४७ सालको संविधान निर्माणमा यिनीहरूबीच एक–अर्काको साथ सहयोग रह्यो।माओवादी द्वन्द्वसँग जुध्न र द्वन्द्व समाधान गर्न एमाले र कांग्रेस सँगै उभिएकै हो।
अहिले पनि नेकपाविरुद्ध नेपाली कांग्रेस उत्तेजित ढंगले प्रस्तुत हुने पक्षमा छैन। नेकपालाई लोकतन्त्रप्रति व्यवहारतः इमानदार बन्न र नेपाली जनता हेरेर परिणामदायी काम गर्न हाम्रो सुझाव छ। हामी असफल नेकपा हैन सुधारिएको नेकपा चाहिरहेका छौं।
किसान उपेक्षित छन्। मिडियाकर्मी, उद्योगी, व्यपारीले व्यावसायिक वातावरण खोजिरहेका छन्। वर्तमान सरकार यसमा गम्भीर छैन।महँगी, भ्रष्टाचार बढेको छ। उपभोक्ता आतंकित छन्।
जनताको आयस्रोत बढाउने योजना छैन। कर मात्र बढाएर के गर्न खोज्या ? हिजो गैरसरकारी संघ–संस्थाको आडमा फलेफुलेका नेकपा संगठन आज तिनैमाथि वैरीले झैं झम्टिएर बस्या छन्।
पर्यटन वर्षको कार्यक्रम घोषणा गरेको छ तर पर्यटन व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्ने इच्छाशक्ति देखाएको देखिँदैन। यसरी कहाँ हुन्छ ? जनतालाई निरास र अत्यासमा राखेर कसरी बन्छ समृद्ध नेपाल ?
त्यसैले विगतका कमी–कमजोरीका लागि एकलरूपमा कांग्रेसलाई दोष दिएर उम्कन खोज्नुभनेको आफ्नो नालायकीलाई छिपाउन खोज्नु मात्र हो।
त्यो प्रयत्न बेक्कार छ। अब आरोप–प्रत्यारोप वा गालीको राजनीतिको अर्थ छैन। जसको हातमा जनताले जनमत सुम्पेका छन् उसले कबुलअनुरूपमको काम गरेर देखाउनुपर्छ।
जनस्तरमा ठ्याक्कै को बढी लोकप्रिय छ भन्ने कुरा माथिका नेतालाई के थाहा ?घात–अन्तरघात कम गर्ने र जनताले रुचाएको व्यक्तिलाई टिकट दिने हो भने सम्बन्धित क्षेत्रभित्रका क्रियाशील सदस्यहरूको मतदानबाट उमेदवार छनोट गर्नुपर्छ।
नभए उहाँ र पार्टी दुवैलाई थप क्षति हुन्छ।अन्यथा निर्वाचनबाट भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ। सभापतिमा रामचन्द्र पौडेलदेखि गगन थापासम्म जो बन्दा पनि हुन्छ।
मुख्य कुरा कांग्रेसका लागि नेतृत्व परिवर्तन प्रमुख आवश्यक हो। मुलुकमा सबै प्रमुख परिवर्तनको नेतृत्व गर्ने कांग्रेस अब आफैंभित्र परिवर्तित हुन आवश्यक छ। परिवर्तनको अगुवाइ सभापति आफैंले गर्नुपर्छ।
- प्रधानमन्त्री ओलीको मुख त राम्रोसँग चल्छ तर हातखुट्टा, आँखा र कान चल्दैन। यसले इतिहासमै कसैले नपाएको स्वर्णिम मौका पाएर पनि सदुपयोग गर्न सकेनन्।
- क्रान्तिमध्ये पनि क्रान्ति नेताचाहिँ सांस्कृतिक क्रान्ति हो। नेता पवित्र नभएसम्म राजनैतिक, आर्थिक, सामाजिक क्रान्ति सफल हँुदैन।
- वास्तवमा नेकपा कम्युनिस्ट पार्टी होइन र कांग्रेस पनि पनि पुँजीवादी पार्टी होइन। नेकपाले कम्युनिस्ट शब्द च्यापेर दुनियाँलाई बेबकुफ बनाइरहेको छ।
- निर्वाचनमा मतदाताको महत्व घटेको छ। पैसा र पाखुरा निर्णायक बनेको छ।
- कांग्रेस भनेको जे भए पनि लोकतान्त्रिक पहिचानमाथि हिलो लाग्ला कि भनेर डराउने पार्टी हो।
- नेकपालाई लोकतन्त्रप्रति व्यवहारतः इमानदार बन्न र नेपाली जनता हेरेर परिणामदायी काम गर्न हाम्रो सुझाव छ। हामी असफल नेकपा हैन सुधारिएको नेकपा चाहिरहेका छौं।
- अब आरोप–प्रत्यारोप वा गालीको राजनीतिको अर्थ छैन। जसको हातमा जनताले जनमत सुम्पेका छन् उसले कबुलअनुरूपमको काम गरेर देखाउनुपर्छ।
प्रतिक्रिया