आगलागीबाट ३८ लाख बराबरको धनमाल जलेर नष्ट


न्युज अफ नेपाल, काठमाडौं ।

सिराहाको गोलबजार नगरपालिका–४ बस्ने श्रवण साहको कस्मेटिक पसलमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब ३७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका-७ बस्ने बैबालाल यादवको गोठमा बिद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–२ डोरीया बस्ने साकिर मियाँको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।