जुवातास खेलिरहेको अवस्थामा १ लाख ६० हजार नगदसहित ८ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

टोखा नगरपालिका–१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।