पाँच राउण्ड गोलीसहित शेर्पा पक्राउ


न्युज अफ नेपाल, सोलुखुम्बु

सोताङ गाउँपालिका–१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित महाकुलुङ गाउँपालिका–१ बस्ने ३४ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।