पकाएर राखेको खोलेमा परेर दुई वर्षीय बालकको मृत्यु


इलाम । घरको आँगनमा पकाएर राखेको खोलेमा परेर एक बालकको ज्यन गएको छ । माइजोगमाई ५ सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महिनाका छोरा मडित राउतको खोलेमा डुबेर मृत्यु भएको हो ।

बुधबार आँगनमा खेलिरहेका मडित खोलेमा परेर घाइते भएका थिए । उनलाई उपचारका लागि इलाम अस्पतालमा लगिएको थियो ।

इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्‍याइएका मडितको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।