बिल भन्दा बढी सामान लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरीले शुक्रबार बिहान बिल भन्दा बढी सामान लोड भएको ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा वडा नं.७ स्थित जितपुर सडकमा बिरगंजबाट काठमाण्डौ तर्फ जान लागेको ना.४ ख.६५६ नं.को ट्रकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया,बारामा पठाईएको प्रहरीले जनाएको छ ।