४० लाख बराबरको अबैध कपडासहित एक पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

अबैध कपडासहित बाराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर टोलका संजय जैसवाल रहेको प्रहरीले जनाएको छ । भारतबाट भंसार छली गरी विभिन्न किसिमका कपडालत्ता आफ्नो घरमा लुकाई छिपाई राखेको सुचनाको आधारमा प्रहरीले जैसवाललाई बिहिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जैसवालको घर खानतलासी गर्दा भारतबाट भन्सार छली गरी ल्याएको ३९ लाख ४६ हजार ६१ बराबरको विभिन्न किसिम कपडा बरामद गरेको थियो ।

बरामद साडी, सुटिङ सर्टिङ कपडा, कुर्ता सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा फेला पारी बरामद गरी ल्याई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।