२ सय ८३ कैदीलाई क्षमादान


लुसाका । जिम्बाबेको कारागारमा रहेका २८३ जना बन्दीकैदीलाई क्षमादान गरिएको छ ।

देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले उनीहरुलाई क्षमादानको घोषणा गर्नुभएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारीअनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् । सिन्ह्वा