अबैध रुपमा ल्याएको पटका बिष्फोट हुँदा चार घाईते


न्युज अफ नेपाल, भैरहवा ।

भारतबाट अबैध रुपमा ल्याएको पटका बिष्फोट हुँदा चार जना घाईते भएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ३ पडरियास्थित भित्री सडक खण्डमा लु २० प १५ नं. को मोटर साईकलमा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको पटाकाजन्य पदार्थ मंगलबार राती बिष्फोट भएको थियो । मोटरसाईकलको साइलेन्सरमा छोइँदा पटका पड्किंदा सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिष्फोटमा घाईते हुनेमा मोटरसाईकल चालक जिल्ला रुपन्देहीको गैडहवा गाउँपालिका ७ सिसवा बस्ने बर्ष ३२ को अशोक यादव, पैदल यात्रीहरु जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका ३ बस्ने बर्ष ७० कि गुलरही मुसलमान, बर्ष २३ को धर्मेन्द्र भुज र अन्य एक पहिचान नखुलेकी महिला छन् । घाईतेमध्ये यादव र मुसलमानको भैरहवाको मेडिकल कलेजमा र अन्य दुई जनाको भारतमा उपचार भैरहेको छ । घाईतका खुट्टा, मुख लगायत शरिरका अन्य भागमा चोट लागेको छ । यादवको अवस्था गंभीर छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रहरी टोलीले मोटर साईकल र साथमा रहेको १ बोरा जुत्ता चप्पल र आधा बोरा पटका समेत बरामद गरीएको जनाएको छ ।