डेङ्गुका कारण थप एकको मृत्यु


चितवन । नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ ।

यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्य एवं वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार सम्मेलनमा ७० भन्दा बढी देशबाट करीब ५०० विदेशी सहभागी हुँदैछन् भने नेपालका १०० हाराहारीले सहभागिता जनाउने छन् ।

वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा काम गर्ने विज्ञहरु सम्मेलनमा सहभागी हुँदै छन् । थपलियाका अनुसार सम्मेलनमा वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरुका विषयको आदानप्रदान हुनेछ ।

नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मुख्य रुपमा शून्य चोरी शिकारमा समुदायको सहभागिताका बारेमा नेपालले आफ्नो प्रस्तुतीकरणमा समावेश गर्ने जनाइएको छ ।

सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ ।