खाल्डोमा पुरेर पटाका नष्ट


न्युज अफ नेपाल,  हेटौंडा ।

मकवानपुर प्रहरीले बरामद गरेका विभिन्न प्रकारका पटाकाहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पानीले भिजाएर खाल्डोमा हाली नष्ट गरिएको छ ।

बुधबार दिउँसो करिब १ बजेदेखि ५ बजेसम्मको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहको कमाण्डमा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रनिको कुकुरसहित चेकिङ टोलीले ती पटाका बरामद गरेको हो ।

हेटौंडा १५, चुरियामाईस्थितमा बस, ट्रक, सुमो, मोटरसाइकललगायत ६१ सवारीसाधन चेक गर्दा आलु बम–१७ प्याकेट, बुलेट बम–१० प्याकेट, नागिन पटाका–११ प्याकेट, रकेट बम–२५ पिस, झिरझिरे–१ सय ५० पिस, थ्रीस्टार क्रेकर–१२ प्याकेट बरामद भएको हो । ती विष्फोटक पदार्थ (पटाका) हरु बरामद गरी नष्ट गरिएको हो ।