रुखबाट लडेर महिलाको मृत्यु 


कविराज नेपाल, पाल्पा । घाँस काटने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहाकी ३५ वर्षकी कमला पहराईको रुखबाट लडेर शुक्रबार मृत्यु भएको हो ।

घर नजिकै घाँस काट्न गएकी पहराई रुखबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।