माटोको ढिस्कोले पुरिएर एकको मृत्यु


कविराज नेपाल, पाल्पा । घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर शुक्रबार पाल्पा जिल्ला सदरमुकाम तानसेनमा एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं १ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीका अनुसार उनी तानसेन नगरपालिका ४ विशालबजार सन्तोष चलचित्र मन्दिर नजिकै रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो पुरिएका थिए। कुमालको नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए।

पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेको थियो। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको हो ।