सरकारी कोष दुरुपयोगको अभियोगमा दुई जनाविरुद्ध मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक धरमपानी गाविसमा क्रियाशील ग्रामीण विकास समाजका अध्यक्षसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ग्रामीण विकास समाजका अध्यक्ष नरबहादुर गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले ग्रामीण विद्युतीकरणका लागि प्राप्त भएको रु १९ लाख ४० हजार ९२६ बराबरको सरकारी अनुदान दुरुपयोग गरेको पाइएको छ ।

उनीहरुलाई बिगो असुल गरी कारवाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।