गुण्डानाइके बाघे प्रहरी नियन्त्रणमा


काठमाडौं । गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले लामालाई बालुवा ठगीको आरोपमा पक्राउ गरेको छ ।

यस अघि पनि लामा विभिन्न आपराधिक घटनामा संलग्न रहेका थिए । बालुवाको मात्रा नपुर्‍याई बिक्री गरेको आरोपमा लामा लगाएत अन्य बालुवा डिपो सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।