बेलायत र युरोपेली संघबीच ब्रेक्जिट सम्झौतामा सहमति

0
Shares

लन्डन, (एजेन्सी)।बेलायत र युरोपेली संघले ब्रेक्जिट सम्झौतामा सहमति गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली परिषद्का अध्यक्षले बिहीबार उक्त सम्झौताको घोषणा गरेका हुन्।उक्त सम्झौता कार्यान्वयनका लागि युरोपेली तथा बेलायती संसद्बाट पारित हुनुपर्नेछ।

सम्झौताबाट उत्साहित जोनसनले अब बेलायतलाई अगाडि बढ्ने अवसर प्राप्त हुने र विश्वभरका देशसँग व्यापारिक सम्बन्ध स्थापित गर्न पाउने बताए। यसलाई संसद्ले शनिबार पारित गर्ने आशा गरेको उनले बताए। ब्रेक्जिट सम्झौताका कारण पूर्वप्रधानमन्त्री टेरिजा मेलाई आफ्नो पद छोड्नुपरेको थियो।

युरोपली संघका २८ नेताको बैठकपूर्व युरोपेली परिषद्का अध्यक्षले ट्विटमा भने– ‘जहाँ इच्छा त्यहाँ सम्झौता हुन्छ। हामी एक छौं। यो युरोपेली संघ र बेलायत दुवैका लागि निष्पक्ष र सन्तुलित सम्झौता हो।’विगत केही समयदेखि नयाँ प्रधानमन्त्री जोनसन लगातार बे्रक्जिटमा सहमति गर्ने प्रयासमा थिए। युरोपियन युनियन (ईयू)का अध्यक्ष एन्टनी रिनेले भने बेलायतलाई चेतावनी दिँदै आइरहेकी थिइन्।

जोनसनले ट्विटमा भने– ‘हामी एक नयाँ सम्झौतामा पुग्न सफल भयौं। अब संसद्ले शनिबार यो सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ ताकि हामी आफ्नो नयाँ प्राथमिकताहरु तर्फ बढ्न सकौं।’
सन् २०१६ मा भएको जनमत संग्रहमा ईयूबाट अलग हुने पक्षमा फैसला आएको थियो। जोनसनले कार्यभार सम्हालेपछि आफूले जनमत संग्रहको परिणाम परिवर्तन नगर्ने प्रस्ट पारेका थिए।

यद्यपि जोनसनले आफ्ना पूर्ववर्ती टेरेजा मेको फिर्ता हुने सहमतिको स्थानमा नयाँ सम्झौतामा जोड दिए। जोनसनले यसअघि बेलायत ईयू अक्टोबर ३१ मा सम्झौता वा बिना सम्झौता छोड्नेमा जोड दिएका थिए।यसबीच बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले हालै मात्र संसद्लाई सम्बोधन गर्दै बेलायत सरकार अक्टोबर ३१ मा युरोपेली संघबाट अलग हुनका लागि प्रतिबद्ध छ, जुन यसका लागि अन्तिम डेडलाइन पनि हो।

जोनसनले एकपछि अर्को गर्दै गरिएको ट्विटमा यस सम्झौताका बारेमा जानकारी दिएका छन्। उनले लेखेका छन्– ‘यो नयाँ सम्झौताले हाम्रो सीमाना, पैसा र व्यापारमा बिना कुनै अवरोध, फेरि हाम्रो नियन्त्रण हुने सुनिश्चित छ र युरोपेली संघसँग नयाँ तरिकाको मित्रता स्थापित हुनेछ।’

सहमति बनेकोमा उत्साहित जोनसनले लेखेका छन्– ‘नयाँ सहमतिअनुसार फेरि नियन्त्रण स्थापित हनेछ। पुरानो वार्तामा ब्रसेल्सको नियन्त्रण हुनेछ र बेलायतलाई युरोपेली संघको कानुन र कर व्यवस्थालाई सदाका लागि मान्न बाध्य हुनुपर्न सक्थ्यो।’

उनले भने– ‘यो सहमतिले हामीलाई ब्रेक्जिटको हरियो झन्डा देखाएको छ र आगामी दुई सप्ताहभित्र युरोपेली संघले अनुमति दिनेछ। अब हामी जनताको प्राथमिकतामा ध्यान दिन सक्छौं र फेरि एक पटक आफ्नो देशलाई अगाडि बढाउन सक्छौंं।’ युरोपेली संघको कस्टम युनियनलाई संयुक्त अधिराज्यकारूपमा छोड्ने र पुरै विश्वास व्यापार गर्न सकिने प्रधानमन्त्री जोनसनले बताए।

युरोपेली संघका अध्यक्ष जँ क्लाउड जंकरले निष्पक्ष र सन्तुलित सम्झौता भएको बताए। जंकर र जोनसनले आआफ्नो संसद्सँग नयाँ सम्झौतालाई समर्थन गर्न अपिल गरेका छन्।बेलायतका प्रतिपक्ष दल लेबर पार्टीका नेता जेरेमी कोर्बेनले नयाँ सम्झौता पूर्वप्रधानमन्त्री टेरिजा मेले ल्याएको भन्दा खराब भएको प्रतिक्रिया दिएका छन्।

उक्त नयाँ सम्झौतालाई सांसदहरुले खारेज गर्नुपर्ने उनले बताए। नयाँ सम्झौतामा ४ प्रमुख बुँदा भएको युरोपेली संघका मुख्य वार्ताकार माइकल बर्नियरले बताए।सम्झौतामा उत्तरी आयरल्यान्ड अहिले पनि युरोपेली संघका केही सीमित नियम कानुनले बाँधिने उल्लेख छ।

उत्तरी आयरल्यान्ड बेलायतको भन्सार सीमाको भित्र हुनेछ तर युरोपेली संघको एकल बजारका लागि प्रवेशद्वार हुने उनले बताए।त्यसै गरी उत्तर आयरल्यान्डका प्रतिनिधिले प्रत्येक ४ वर्षमा त्यहाँ युरोपेली संघको नियम लागू गर्न चाहन्छ वा चाहँदैन भन्ने फैसला गर्न पाउनेछ। तर डीयूपी र उत्तर आयरल्यान्डको पार्टीले यो नयाँ सम्झौतालाई मान्न अस्वीकार गरिसकेको छ।