निहारिकामा मृत्युबारे आत्मानुभूति

0
Shares

‘उसले सानामा कुटुनी बूढीको अस्पस्ट कथा सुनेकी थिई। त्यो कुटुनी बूढी जो भर्खर जन्मेका शिशुलाई हँसाउने गर्छे। तर कुटुनी बूढी को हो ? कहाँ बस्छे ? उसको रूपरड्ढ कस्तो हुन्छ ? ऊ कति सेन्टिमिटर, इन्च या फिट अग्ली हुन्छे ?

ऊ अहिलेसम्म कति वर्षकी पुगी ? ऊ आकर्षक अनुहारकी छे या कुरूप डरलाग्दी ? यसको उत्तर उसले अहिलेसम्म भेट्न सकेकी छैन। कुटुनी बूढी उसलाई वैदिक पण्डितले निराकार परब्रह्म परमेश्वरको वर्णन गरेजस्तै लाग्छ।’

यो प्रस· प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ बाट लिइएको हो। निहारिका आज सर्वनाम थिएटर कालिकास्थानमा विमोचन हुँदै छ। इन्डिगो इंकले प्रकाशन गरेको यस उपन्यासको मूल्य रु. २९९।– र पेज संख्या २४५ रहेको छ। मूलतः उनी सामाजिक विषयबस्तुलाई आधार बनाएर उपन्यास लेख्ने गर्छन्।

उपन्यास निहारिकाको उठान र बैठान गण्डकी अञ्चल सेरोफेरोमा हुने भए तापनि यसमा सम्पूर्ण नेपाली भूभोलको कथा समेटिएको छ।निहारिका नेपाली दलित समुदायले भोग्नुपरेको पीडा र संघर्षको गाथाले भरिएको छ।

हिन्दू धर्मशास्त्रमा उल्लेखित चार वर्ण, आर्यहरूको नेपाल प्रवेश, ‘शूद्र’ उत्पत्तिको कथा, शक्ति पूजामा रमाउने नेपाली संस्कृति, ब्राह्मण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तरजातीय विवाह, उनीहरूमाथिको पारिवारिक एवम् सामाजिक उत्पीडन अनि त्यसविरुद्धको विद्रोह उपन्यासका मूल विषयवस्तु रहेका छन्।

शारदा र मोहनको आदर्श प्रेम, जीवन–दर्शनको सुगठित मन्थन। रसात्मक–लयात्मक र काव्यात्मक वाक्य। साह राजाहरूको पुख्र्यौली थलो गाउँसहर, पर्यटकीयस्थल घलेगाउँ, बन्दीपुर, सराङ्कोट अनि गोवाको समुद्री लहरसँगै लहराउने प्रेम कथा उपन्यासका आकर्षण हुन्।

उपन्यासकार तिवारी आफ्ना पात्रहरूको मुखबाट प्रेमको परिभाषा प्रस्तुत गर्दै मृत्युबारेको आत्मानुभूति सुनाउन पछि पर्दैनन्।
उनका पात्रहरू संवाद गर्छन्–

‘मृत्यु के हो ?’
‘बलिरहेको दियो निभ्नु !’
‘त्यसपछि के हुन्छ ?’
‘सर्वत्र अन्धकार, अन्धकार सिवाय केही देखिँदैन, देख्ने चक्षुसमेत रहँदैन !’
‘शरीर मरे पनि आत्मा जीवितै रहन्छ भन्छन् नि ?’

‘तर त्यसको आधार भनेको गीतामा वर्णित आशावाद हो। आजसम्म यसको चित्बुझ्दो प्रमाण कहीँ कतै भेट्न सकिएको छैन।’
उपन्यासमा जेठो छोरा, ऊ नभए अन्य छोराले मृतकको चितामा दागबत्ती दिने हिन्दू परम्पराको विपरीत जीवनको अन्तिम घडीमा पुगेको ब्राह्मण पुत्र रञ्जितले विश्वकर्मा पुत्र मोहनलाई आफ्नो मृत शरीरमा दागबत्ती दिन गरेको मृत्युकालीन घोषणाको मार्मिक प्रस· आउँछ।

पात्र रञ्जित डायरीमा लेख्छ–‘प्रिय मित्र मोहन विश्वकर्मा ⁄ यतिखेर मेरो छातीको देब्रे कुना असह्य भई दुखिरहेको छ। यो दुखाइसँगै कुनै दिन मेरो जीवनको पनि अन्त्य हुनेछ। जीवनको अन्तिम मुकाममा पुग्नुअघि म तपाईंलाई एउटा जिम्मेवारी सुम्पन चाहन्छु। तपाईं कामीको छोरो हुँदैमा के भो।

तपाईंको शरीर पनि अरूको जस्तै हाडमासु र रगतको संमिश्रण हो। मेरो मृत शरीरमा तपाईंले नै दागबत्ती दिनुहुनेछ। मेरो लासमा दागबत्ती दिने अधिकार तपाईंबाहेक अरू कसैलाई हुने छैन।’
साथै उपन्यासमा राजनैतिक प्रस· पनि जोडिएको छ।  तिवारीले वर्तमान समयमा जनस्तरमा देखिएको निराशाको चित्रण गर्दै यदि समयमै यसको यथोचित सम्बोधन गरिएन भने जनताले नयाँ बाटो रोज्न सक्छन् भनी सजग पनि गराएका छन्।

तिवारीका यसअघि दर्जनौँ फुटकर लेख रचनाका साथै परित्यक्त र निलोफर नामक दुई उपन्यास प्रकाशित भइसकेका छन्। ‘निहारिका’ तिवारीको तेस्रो उपन्यास हो। परित्यक्त र निलोफरमार्फत पाठकमाझ परिचित भइसकेका उनी नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीसमेत हुन्।
(आज विमोचित हुने पुस्तकको सम्पादित अंश)