अदालतको अनुमति बिनानै रवि लामिछाने विदेश जान पाउने


न्युज अफ नेपाल, काठमाडौं ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेले विदेश जादाँ अदालतको अनुमति लिनु नपर्ने भएको छ । चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएकामा उच्च अदालत पाटनको हेटौंडा इजलासले विदेश जान अदालतको अनुमति नचाहिने आदेश सुनाएको छ ।

यस बाहेकका अन्य आदेश भने जिल्ला अदालतकै सदर गरेको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का आरोपी युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।