कोका–कोलाले आफ्नो ‘मन खोलौं कोकसँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिँदै ग्राउन्ड एक्टिभेसन शुरु गरेको छ। आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अंग हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि माई मम मेक्स माई दशैं स्पेशल रहेको छ।
ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरूले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आमालाई दिन सक्नेछन्।यो एटिभेसन १६ अक्टोबरबाट शुरु भएर सेल्सबेरी, भाटभटिनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानमा ३ नोभेम्बरसम्म जारी रहनेछ।
सीतापाइलास्थित सेल्सबेरीमा अक्टोबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टोबर १७ तारिखमा नक्साल भाटभटेनी, पाटन भाटभटेनी, भक्तपुर भाटभटेनी, कलंकी भाटभटेनी लगायतका स्थानमा क्रमशः एक्टिभेसन जारी रहनेछ।
प्रसिद्ध नेपाली अभिनेत्री पनि एक्टिभेसनमा सहभागी जनाउँदै विभिन्न स्थानमा भ्रमण गर्नेछन्। उपभोक्ताले अभिनेत्रीसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन्। उपभोक्ताले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा ह्याट्याग प्रयोग गरेर शेयर गर्न पनि सक्नेछन्।
प्रतिक्रिया