उपनिर्वाचनमा ४१३ मतदान केन्द्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ रहेका छन्।निर्वाचन आयोगले उपनिर्वाचनका लागि सो संंख्या मतदाताका लागि स्वीकृत गरेको हो।

उपनिर्वाचन हुने ३७ जिल्लाका क्षेत्रबाट मतदाताको सो संख्या रहेको आयोगले जनाएको छ। यसमध्ये महिला मतदाता २ लाख ३३ हजार ४ सय २ जना रहेका छन्। पुरुष मतदाता २ लाख २० हजार ७ सय १० जना र अन्य लिंगका २ जना रहेका छन्।

अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अद्यावधिक र दाबी विरोध कार्यक्रम सञ्चालन गरिएको थियो।प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३६ हजार ९ सय २६ र ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन्।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कुल ५२ पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ।

यसै गरी आयोगले उपनिर्वाचन प्रयोजनका लागि मतदान केन्द्र तोकेको छ। मतदान केन्द्र तोक्दा बढीमा १ हजार १ सय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो।

उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन्। ८ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३ सय ३७ रहेका छन् भने ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय रहेका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३६ हजार ९ सय २६ र ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन्।