साहलाई कारबाही नभए बुद्ध एयरको सबै उडान बन्द गर्ने चेतावनी


न्युज अफ नेपाल, काठमाडौँ ।

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने व्यक्तिलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।

सोमबार बिहान राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको संघले जनाएको छ । उडान ढिला भएको भन्दै साहले काउन्टर तोडफोड गरेका थिए ।

तोडफोडको घटनाप्रति भत्सर्ना गर्दै संघले प्रेस विज्ञप्ति जारी गरी साहलाई तत्काल कारबाही गर्न माग गरेको छ ।