‘गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर लोकतान्त्र निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छ।’

पूर्वराष्ट्रपति डा. यादवले कोइरालाले चारवटा राजाको संगत गरेको तथा अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारण नै सरकारले आतंककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उहाँलाई कसैले थुन्ने आँट नगरेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो– ‘जंगलमा विद्रोह गरेर बसेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छ।’

पूर्वराष्ट्रपति डा. यादवले कोइरालाले चारवटा राजाको संगत गरेको तथा अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारण नै सरकारले आतंककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उहाँलाई कसैले थुन्ने आँट नगरेको उल्लेख गर्नुभयो।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको तीव्र विकासका लागि कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता भएको बताउनुभयो। उहाँले जलविद्युत्, पर्यटनसँगै आधुनिक कृषिको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो।

महामन्त्री कोइरालाले फाउन्डेसनले देश विकासमो क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो। कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले बीपी कोइराला नेपनलको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगालेको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताउनुभयो।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा पार्टी समाप्त हुने धारणा राख्नुभयो।

कांग्रेस नेतृ एवम् फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई मुलुकमा समृद्धि आउने बताउनुभयो। फाउन्डेसनले नेपालको ७७ जिल्ला र विदेशको झन्डै दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ।

सोही अवसरमा फाउन्डेसनलाई क्रियाशील बनाउन सहयोग गर्ने अमेरिका फाउन्डेसन शाखाका अध्यक्ष सोमनाथ घिमिरे र एसिया प्यासिफिक क्षेत्रका अध्यक्ष सुदर्शन थापामगरलाई विशेष सम्मान तथा फाउन्डेसनलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।