दरबारमार्गको आगलागी नियन्त्रणबाहिर


न्युज अफ नेपाल, काठमाडौँ ।

दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा भएको आगलागी अझैँ नियन्त्रणमा आउन सकेको छैन । दर्जन दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ ।

आगलागीका कारण सो क्षेत्रको बातावरण तनावग्रस्त बनेको छ । आगलागी नियन्त्रणकालागि उपत्यका सबै दमकल अहिले आगलागी भएको क्षेत्रमा पुगेका छन ।

तस्वीर : उजोल डंगोल