मुग्लिन- नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा एक घाइते


न्युज अफ नेपाल, काठमाडौँ । 

काठमाडौँ तर्फ आउदै गरेको बा २ च ८९५७ नम्बरको बस मुग्लिन – नौबिसे सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा परी गाडिमा सवार एक यात्रु घाइते भएका छन् । गाडिमा दुई जना यात्रु मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।

ओभर टेक गर्ने क्रममा उक्त बस भित्तामा ठोक्किन पुग्दा दुर्घटना घटेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।