रौतहटमा २२ वर्षीय युवकको गोली हानी हत्या


न्युज अफ नेपाल, रौतहट । रौतहटको इस्नाथ नगरपालिकामा एक युवकको गोली प्रहार गरी हत्या भएको छ । भारतबाट मोटरसाइकलमा आएका अज्ञात समूहले खापभिउरा जयनगरमा अन्दाजी २२ वर्षीय युवकको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

युवकलाई आइतबार साँझ साढे ५ बजे गोली हानी उक्त समूह भने फरार भएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।