दाइजो नापाएपछि श्रीमतीको हत्या, श्रीमानसहित चार पक्राउ


न्युज अफ नेपाल, मोरङ । दाइँजो नदिएको निहुँमा विराटनगर महानगरपालिका पिचरामा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा २२ वर्षीया रञ्जना सहनी रहेको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा श्रीमान् भीम बहरदार सहनीसहित चारजनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ । भारतीय नागरिक २५ वर्षीय बहरदारलाई शुक्रबार नै भारतीय प्रहरीले पक्राउ गरेको थियो । मृतक रञ्जनाको शव भने आइतबार बिहान भारतीय बजार जोगबनीबाट करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित एक खोलामा फेला परेको थियो।

प्रहरीका अनुसार मृतकको अनुहार र शरीरको अन्य भागमा चोटपटक रहेको छ । रञ्जनाको शुक्रबार राती नै हत्या गरेको पक्रउ परेका भारले जनाएका छन् अन्य अर्जुन बहरदार, सैनी बहरदार, शिवानन्द मुखिया रहेका छन् ।

रञ्जनाको शव खोलामा तैरीरहेको अवस्थामा आइतबार बिहान स्थानीय बालबालिकाले देखेका थिए। मृतकको शव पोष्टमार्टमका लागि भारतकै फारविसगञ्ज लगेको प्रकरीले जनाएको छ ।