पत्रकारहरुको उपचारमा सहुलियत


मोतीराम तिमल्सिना, काभ्रे । जिल्लामा कृयाशिल संचारकर्मीहरुलाई उपचारमा सहुलियत दिने गरी बनेपा हेल्थ केयर र नेपाल पत्रकार महासंघ बीच सम्झौता भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको उपस्थितीमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना र हेल्थ केयरका प्रवन्ध निर्देशक जितेन्द्र थापाले हस्ताक्षर गरेका थिए ।

सम्झौताको साक्षी महासंघका उपाध्यक्ष रमेश न्यौपाने र अस्पतालका संचालक सविन केसीले हस्ताक्षर गरेका थिए । २०७६ साल भाद्र महिना १ गते देखि लागु हुने गरी पहिलो चरणमा २०७८ असार मसान्तसम्मका लागि दोस्रो पक्षलाई आौषधी उपचारमा छुट तथा सहुलियत दिने सहमति भएको छ । पत्रकारहरुका लागि उपचार तथा औषधि बापत लाग्ने शुल्कमा १० प्रतिशत, प्रयोगशाला शुल्कमा ५० प्रतिशत र अन्य सेवामा २० प्रतिशत सहुलियत दिने सहमतिमा उल्लेख छ । त्यस्तै अस्पताल आफैले ल्याएका स्किममा भने छुृट हुने छैन ।

मन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारहरुको उपचारका लागि भएको सम्झौताको खुलेर प्रशंसा गर्दै अस्पताललाई धन्यवाद ब्यक्त गर्नु भयो । ‘आम नागरिकहरु जस्तै पत्रकारहरुको स्वास्थ्यमा चासो दिदै सहुलियत उपलब्ध गराउनु भएकोमा अस्पताल परिवारलाई धन्यवाद ब्यक्त गर्दछु’–मन्त्री बास्कोटाले भन्नु भयो ।

भवन उद्घाटन

नेपाल पत्रकार महासंघकोे भवन मन्त्री बास्कोटाले उद्घाटन गरेका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवन निर्माणका लागि तत्कालिन संचारमन्त्री शंकर पोखरेलद्वारा उपलब्ध गराईएको ३ लाख रुपैयाबाट जग राख्ने काम भएको थियो । पछि विभिन्न संघ संस्था, सरकारी निकाय, ब्यक्तिहरुको सहयोगबाट झण्डै ४१ लाख रुपैया खर्च भई तल्लो तल्ला निर्माण कार्य सम्पन्न भएको थियो । उक्त भवनलाई हाल दुईवटा हल र दुईवटा कार्यालय सहित ब्यवस्थित गरिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत प्राप्त ५ लाख रुपैया, बनेपा नगरपालिका मार्फत जिल्ला समन्वय समितिले उपलब्ध गराएको १० लाख रुपैयाबाट प्रिफ्याव भवन निर्माण शुरु गरिएको थियो । जसका लागि बनेपा नगरपालिकाले निशुल्क रुपमा इस्टमेट, डिजाईन र नक्सा पास गरिदिएको छ । स्थानीय पत्रपत्रिकामा इस्टमेट अनुसार कोटेशन आब्हान गरी ६ वटा फर्म विक्री भएकोमा चारवटाले मात्रै दररेट सहितको कोटेशन बुझाएका थिए । उक्त कार्यका लागि नगरपालिका अन्र्तगतका कन्सल्टेण्ट मार्फत प्राविधिक मुल्यांकन गरी कम दररेट १७ लाख ४९ हजार रुपैयामा काम गर्ने कम्पनी छनौट गरी कार्य गर्ने सम्झौता भएको थियो । महाभारत गाउँपालिकाले महासंघको भवन निर्माण तथा अन्य कार्यका लागि केहि रकम विनियोजन गरेको छ । अन्य स्थानीय सरकारहरुले पनि पत्रकारहरुको क्षमता विकास तथा संचारमाध्यमहरुको बृत्ति विकासमा रकम विनियोजन गरेका छन् ।

यस अघि संचार मन्त्रालयले उपलब्ध गराएको ५ लाख रुपैयाबाट महासंघले तल्लो तल्लामा २ वटा शौचालय सहित आल्मुनियमको पार्टेसन गरेको थियो । पाँचखाल नगरपालिकाले पनि भवन निर्माणका लागि उपलब्ध गराएको ४ लाख रकले महासंघले वाल, छतमा पानी चुहिने भएकाले खस्रो गर्ने लगायतका अन्य कार्यहरु गरेको थियो ।
महासंघका उपलब्धी

महासंघले स्थापनाको २५ औ वर्षको अवसरमा २०७४ पौष २ गते रजत महोत्सव मनाएको छ । सोहि अवसरमा महासंघले पुर्व अध्यक्षहरु, संस्थापकहरुलाई सम्मान गर्दै स्मारिका समेत प्रकाशन गरेको छ । पत्रकार कल्याण कोषको स्थापना गरी १० वर्षे मुद्दती खातामा ५ लाख रुपैया जम्मा गरिएको छ । जसबाट प्राप्त हुने ब्याजले महासंघले तयार गरेको कार्याविधि अनुसार विपदमा परेका पत्रकार र उनका परिवारका सदस्यलाई सहयोग गरिनेछ । उक्त कोषलाई विस्तार गर्दै यहि कार्य समितिले उक्त कोषमा १० लाख पु¥याउने लक्ष्य लिएको छ । नियमित रुपमा सदस्यहरुको नविकरण र परिचयपत्रको ब्यवस्था गरिएको छ । आधारभुत र उच्च स्तरीय पत्रकारिता तालिम संचालन गरिएको छ । स्थानीय तहहरुको समन्वयमा स्थानीय स्तरमै प्रत्येक वडामा पत्रकारहरुको उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको छ ।

सदस्यहरुको विमा गरिको छ । साथै महासंघको आफ्नै प्रेस ज्याकेट र पिन सहितको लोगोको ब्यवस्था गरिएको छ । उपचार सहयोग २०७६ भाद्र १ गतेबाट लागु गरिएको छ । यो अवधी २०७८ असारसम्म कायम गरिएको छ । पत्रकारहरुको उपचार तथा जाँचमा ५० प्रतिशतसम्म छुटको ब्यवस्था गराईएको छ । संचार माध्यमहरुको संस्थागत विकासका लागि विभिन्न संघ संस्थाहरुको समन्वयमा विज्ञापनमा सहजिकरण गरिएको छ ।

सदस्यहरु बीच मैत्रीपूर्ण सम्वन्ध स्थापितका लागि शुभकामना आदान प्रदान, फुटसल प्रतियोगिता, जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना, संचारमाध्यमका प्रकाशक, सम्पादकहरुसँग आचार संहिता सम्वन्धी अन्र्तक्रिया, श्रमजीवि ऐनको कार्यान्वयन, एउटै विज्ञापन दररेट कायमको प्रयास गरिएको छ । महासंघको कोषलाई पारर्दशी बनाउँदै हरेक आर्थिक वर्षमा लेखा परिक्षण गराउँदै आम्दानी र खर्चलाई बैक मार्फत मात्रै गरिने ब्यवस्था गरिएको छ ।