४० हजार घुससहित विद्यालयका प्रधानाध्यापक र सहयोगी पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुबाट चालिस हजार घुस रकमसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लुनिया रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई प्रहरीले मंगलबार बिहान पौने ११ बजे ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम लिएको अख्तियारले जनाएको छ । उनीहरुलाई चन्द्रौटास्थित एक होटेल अगाडिबाट पक्राउ गरेको टोलीले बताएको छ ।