सुन तोलाको ८ सयले घट्यो, प्रतितोला ६८ हजार २ सय


न्युज अफ नेपाल, काठमाडौँ । केही समय यता आकासीदैँ गएको सुनको भाउ ओरालो लागेको छ । दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुन प्रतितोला रु ८०० ले घटेको छ । आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० रहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । आज चाँदी मूल्य प्रतितोला रु ८२५ रहेको महासङ्घले जनाएको छ ।